भाईलाई न्याय दिलाउन पत्रकार दाजुको खुल्ला-पत्र

प्रिय पत्रकार मित्रहरु तथा न्यायप्रेमीहरु
उपरोक्त विषयमा जिल्ला सिरहा गाविस कृष्णपुर वार्ड नं.७ बस्ने  वर्ष २० का संजय कुमार यादवमाथि गाविसकै वार्ड नं.२ बस्ने देवनारायण यादवको छोरा अन्दाजी २५ बर्षिय बीरेन्द्र यादवको योजना अनुसार कुटपिट गर्दै छुरा प्रहार भयो । संजय मेरो कान्छो भाई हो । उनको उपचार जारी रहेको छ । उनलाई कुटपिट गर्दै ढाँडमा छुरा प्रहार गरेका छन् ।
घटनाको प्रकृति, योजनाको बनोट तथा समयलाई हेर्ने हो भने ती युवाहरु हत्या गर्नकै लागी आएको थियो । संजय नढलेसम्म उनीहरु पिटिरह्यो । भुँईमा ढलेपछि उनीहरु भागे ।  
यसरी भयो घटनाको सुरुवात
कृष्णपुर ७ पछवाइटोल भएर करिब चार बजे दक्षिणतिर मोटरसाइकमा दुई जना सवार बीरेन्द्र र उनकै गाउँका रामनारायण मण्डलको छोरा विजय मण्डल गइरहेको थियो । त्यही समयमा संजय पनि काम विषेशले मोटरसाइकलमै दक्षिणैतिर गइरहदा बीरेन्द्रको छेउ भएर संजयको मोटरसाइकल ‘क्रस’ भयो ।
त्यतिकै कुरालाई इगो बनाएर बीरेन्द्रले फर्केर संजयको घरमा पुगी उनको बुवाको नाउँ लिँदै तथानाम गाली ग¥यो । बीरेन्द्रको भनाई उद्धृत गर्दै प्रत्यक्षदर्शीले भने,‘अँ यो संजयको के हैसियत छ कि मेरो छेउ भएर यसरी मोटरसाइकल चलायो । यसले त मलाई ठोकर हान्न प्रयास गरेको थियो । यसको बुवालाई पनि देखाउनुपर्छ । हैसियत छैन् अनि छोरालाई मोटरसाइकल चढाउछ । यसको परिणाम आजै देखाउछु ।’ संजय घर आउदा बीरेन्द्रसँग समान्य हात हाला हाल भयो ।
संजयको तर्फबाट अभिभावकत्व निर्वाह गर्दै उनको काका मिश्रिलाले बीरेन्द्रलाई भन्यो,‘बीरेन्द्र हामी त सबै गाविसकै मान्छे छौं । के विवाद भयो ? संजयसँग । विवाद भएपनि अभिभावकिय स्तरबाट कुरा चलाउदा पनि त हुन्थ्यो नि । घरमै पुगेर गाली गरेको किन ? जे भयो भयो अब पनि घर जाउ र मेला पछि गल्ती कसको हो छलफल हुन्छ ।’
कानूनी राज्यमा समान्य सामाजिकत्व कुरालाई अस्वीकार गर्दै यसरी घटना गराउनु भत्र्सना योग्य हो । मेरै सबै कुरा सही नहुन सक्छ । सबैले आ–आफ्नो दृष्टिकोणबाट हेर्नुपर्छ । घटना बारे बुझ्नुपर्ने हुन्छ, त्यो मेरो आग्रह हो । एउटा कलमजीवीको परिवारका सदस्यमाथि यसरी घटना घटिनु र त्यस्ता अपराधिक व्यक्ति उम्किनु भनेको भोली अरुमाथि यस्ता घटना नहोला भन्न सकिन् । तसर्थ घटनाबारे तहगत छानविन होस र जो दोषीमा पर्छ त्यस्ता व्यक्तिलाई कानून बमोजिम कारवाही होस ।
न्यायका लागि आग्रह
कसैको आफ्नो मनमा पसेको चिसोलाई इगो बनाएर घर प्रवेश गरी गाली गलौज गर्न कहाँसम्मको न्यायोचित हो । त्यस्ता गाली गर्ने व्यक्तिलाई सम्झाउन प्रयास गर्ने स्थानीयमाथि बीरेन्द्रले गाली गर्नु भनेको हदैसम्मको उदण्डता भएको देखिन्छ । त्यस्ता अपराधिक व्यक्तिमाथि कानूनी कारवाही गरियोस भन्ने चाहना राखेर प्रिय पत्रकार मित्रहरु तथा न्यायप्रेमी साथीहरु माझ न्यायोचित सहयोगको अपेक्षा गरेको छु ।

भवदिय
बद्री नरायण यादव
कृष्णपुर वार्ड नं.७,सिरहा
(प्रकाशक)
नव जागृति साप्ताहि
समाचारदाता रेडियो समग्र एफ.एम 107 mhz