विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

img1

सिराहा,  भदौ २४ गते । सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत सगरमाथा  माध्यमिक विद्यालय, लहान १५,ढोढणा मा भदौ २४ गते एक दिने वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

JOA को आर्थिक सहयोग तथा Habitat for Humanity, साझेदारी मा सहारा नेपाल द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा सो बिद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।कार्यक्रममा करिब ६५ जना विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा वित्तीय साक्षरतासम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नु, बचत गर्ने बानीको विकास गराउनु, जिम्मेवार खर्चबारे सचेत गराउनु तथा बैंकिङ सेवा, डिजिटल भुक्तानी प्रणाली, वित्तीय जोखिम तथा बिमा र सुरक्षित आवास बारे जानकारी प्रदान गर्नु रहेको थियो ।

कार्यक्रममा सहाराका सिराहा जिल्ला अधिकृत रामभरोसी महतोले सहारा नेपाल र Habitat for Humanity को बारेमा जानकारी प्रदान गर्नुको साथै कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पार्नुभएको थियो | कार्यक्रमको सहजकर्ता प्रियंका कुमारी महतोले वित्तीय साक्षरताको परिचय, बचतको महत्व, डिजिटल भुक्तानी प्रणाली, खर्च व्यवस्थापन तथा वित्तीय ठगीबाट बच्ने उपाय, जोखिम ब्यबस्थापन, बिमा तथा सुरक्षित आवास बारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। सहभागी विद्यार्थीहरूलाई अन्तरक्रियात्मक छलफल, प्रश्न–उत्तर सत्र मार्फत व्यवहारिक सिकाइ पनि गराइएको थियो।

कार्यक्रमबाट विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सचेतनामा वृद्धि हुनुका साथै बचत गर्ने र जिम्मेवार खर्च गर्ने बानी विकास हुने अपेक्षा गरिएको छ। साथै, बैंक तथा डिजिटल वित्तीय सेवा प्रयोगप्रति आत्मविश्वास बढ्नुका साथै वित्तीय जोखिम तथा ठगीबारे सजगता अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

विद्यालयका प्रधानाध्यापक बलराम सिंहले यस्ता कार्यक्रमले बालबालिकाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सक्षम र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउने बताउनु भयो । प्रध्यनापक सिंहले वित्तीय सम्बन्धि ज्ञान बिध्यर्थिहरुलाई अत्यन्त आवश्यक रहेकोले सहारा नेपाल यस्तो किसिमको कार्यक्रमका लागि स्वागत गर्दै स्वागत गर्नु भएको थियो | वहाले कार्यक्रममा सिकेका कुरा ब्यबहारमा लागु गर्न तथा समुदायमा संदेश प्रवाह गर्न बिद्यार्थीलाइ सुझाव व्यक्त गर्नु भएको थियो | शिक्षक दोस्त बहादुर भट्टाराईले सानै उमेरदेखि वित्तीय बारे सहि ज्ञान भएमा आर्थिक उन्नतिमा टेवा पुग्ने बताउनु भयो | विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अरविन्द चौधरीले सहारा नेपालको वित्तीय साक्षरता कार्यक्रम अत्यन्त उपयोगी लागेको बताउदै वित्तीय साक्षरता सबैका लागि अत्यन्त आवस्यक रहेको बताउनु भयो | बिद्यार्थी आशिका चौधरीले कार्यक्रमबाट वित्तीय साक्षरता बारेमा धेरै महत्वपूर्ण सिकाई भयो, अब बचत गर्ने र घरमा पनि आमा बुवालाई अनिवार्य बचत गर्न अनुरोध गर्ने बताउनु भयो | विद्यार्थी मोहमद युसुफले किताबी ज्ञान भन्दा बाहिर को बिषय वित्तीय साक्षरता बारेमा धेरै महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउदै अहिले डिजिटल बैकिंग सेवा रहेको र यो जोखिमपूर्ण रहेकोले सचेतता अपनाउनु आवस्यक रहेको सिकाई भएको अबताउनु भयो  |