भावनीको २१ औ वार्षिक साधारसभा सम्पन्न
लहान, ३० असोज ।
सभासद पदम नारायण चोधरीले सिरहामा अहिले सरसफाई र वातावरण संरक्षण सम्बन्धी कार्यक्रमको आवश्यकता रहेको बताउनु भएको छ । आइतवार सिरहाको भवानीपुर स्थित भवानी एकीकृत विकास केन्द्रको २१ औ वार्षिक साधारणसभाको उदघाटन गर्दै वहाँले यस्तो बताउनु भयो ।
सभासद चौधरीले भावनी एकीकृत विकास केन्द्रले समाजमा शिक्षा, स्वास्थ्य, खानेपानी, बालबालिकाको क्षेत्रमा गरेको कार्यको प्रशंषा गर्दै त्यसता कार्यको उपलब्धीहरुलाई प्रभावकारी तरिकाले अभिलेखिकरणको आवश्यकतामा जोड दिनु भयो । केन्द्रको विकासका लागि आफना तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
यस्तै सोही कार्यक्रममा अर्का सभासद रामचन्द्र यादवले भवानी एकीकृत विकास केन्द्रले सुरुवातको अवस्थामा समुदायमा गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नु भयो ।
वहाँले संस्था पछिल्लो अवस्थामा पहिलाको जस्तो कार्य गर्न नसकेको भन्दै त्यसको कारण पत्ता लगाई समाज परिवर्तनमा लाग्न संस्थाका पदाधिकारीहरुलाई सुझाव व्यक्त गर्नुभयो । वहाँले पहिला पनि संस्थाको विकासका लागि आफुले सक्दो सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
केन्द्रका अध्यक्ष दिपेश चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा केन्द्रका सचिव रामबहादुर चौधरीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष उपेन्द्र साहले आय व्यय प्रतिवेदन तथा अगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । एक सय भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको सो साधारणसभामा रेडियो समग्र १०७ मेगाहर्ज सञ्चालक संस्था समग्र जन उत्थान केन्द्रका प्रोग्राम म्यानेजर रामभरोसी महतो, संचारकर्मी मणीलाल विश्वकर्मा, जनता उच्च मावि भवानीपुरका प्रध्यानापक रामविलास यादव, नेपाल पत्रकार महासंघ सिरहाका सचिव जिवछ यादव, गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्ट लगायतले केन्द्रले गरेको कार्यको चर्चा गर्दे आगमाी दिनको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
