लहान साइन्स एण्ड आर्ट फेयरमा हजारौद्धारा अवलोकन

लहान, ६ कार्तिक ।
सिरहाको लहानमा शानिवार एक दिवसीय लहान साइन्स एण्ड आर्ट फेयर २०१६ कार्यक्रम भएको छ ।
एक्स स्टुडेन्टस अफ लहान र बज्र शक्ति युवा क्लव लहानद्धारा लहानस्थित लिटिल स्टार उच्च माविको प्रांगनमा आयोजना गरिएको सो कार्यक्रममा सिरहाका विभिन्न निजी विद्यालयका विद्यार्थीरुले निर्माण गरेको वस्तुहरु एक सय भन्दा बढि स्टलहरुमा प्रदर्शन गरेको थियो ।
जिल्ला भरीका विभिन्न विद्यालयबाट भाग लिएका विद्यार्थीहरुले आ आफनो विद्यालयको नामामा स्टलहरुमा आफुले निर्माण गरेको वस्तुहरुलाई कलात्मक तरिकाले प्रदर्शन गरेको थियो ।
विहान दश बजेदेखि सुरु भएको आर्ट फेयरमा हाजारौ व्यक्तिहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।