लब कुश वचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न
लहान, ६ कार्तिक ।
लब कुश वचत तथा ऋण सहकारी संस्था लि धनगढिको नवौ वार्षिक साधारणसभा शनिवार धनगडिमा सम्पन्न भएको छ ।
नेपाल कुशवाहा कल्याण समाजका राष्टिय अध्यक्ष तपेश्वर महतोको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजकुमार महतोको अध्यक्षता सम्पन्न नवौ साधारणसभामा ५६ लाख ६८ हजार ५ सय ९५ रुपैयाको आय व्यय प्रस्तुत गरेको थियो ।
साधारणसभामा लब कुश वचत तथा ऋण सहकारी संस्थाका उत्कृष्ट ऋणीहरुलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरेको थियो ।
यस्तै कुशवाहा समाजको उत्थान तथा समाजको विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने कुशवाहा बन्धुहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका लागि जग्गादान गर्ने कपिलदेव महतो, नेपाल कुशवाहा कल्याण समाजका राष्टिय अध्यक्ष तपेश्वर महतो, केन्द्रिय सदस्य राजकुमार महतो, संजिव महतो, समाजसेवी, रामनारायण महतो, सञ्चारकर्मी रामभरोसी महतो, शिक्षा प्रेमी शिवशंकर महतो, पूर्व इन्जिर रामप्रकाश सिंहलगायतका व्यक्तित्वहरु छन् ।
कार्यक्रममा संस्थाले धनगडिमा निर्माण गर्न लागेको लबकुशको मन्दिर र धर्मशालाको लागि उपस्थित व्यक्तित्वरुले आर्थिक सहयोगको घोषण समेत गरेको छ । सो अवसरमा एक लाख भन्दा वढि रकम संकलन भएको संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।
