सिरहामा छाडा चौपाया नियन्त्रण अभियान सुरु
शुभ नारायण कामती
सिरहा, ७ कार्तिक । सिरहा नगरपालिकाले सिरहा सदरमुकामको मुल सडक तथा वजारमा रहेका छाडा चौपाया नियन्त्रणका लागि वुधवार देखि नियन्त्रण अभियान सुरु गरेको छ । छाडा चौपाया नियन्त्रण अभियान अन्र्तगत गत बुधवार ३० गाई र ३५ वाख्रा नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ ।
सिरहा बजारको मुख्य सडक लगायतको क्षेत्रमा छाडा रुपमा छोडिएको चौपायाका कारण दुर्घटना बढनुको साथै बजारमा आवागनमा असहजता उत्पन्न भएको भन्दै स्थानीय अपन दैनिक पत्रिका र स्थानीय एफ एममा समाचार प्रशारण हुनुको साथै सोसल मिडियामा छाडा चौपायाको बारेमा विरोध हुन थालेपछि सिरहा नगरपालिकाको कार्यालयले सिरहा ट्राफिक सँगको सहकार्यमा सञ्चालन सो अभियान सुरु गरेको हो ।
