अबैध काठ सहित दुई जना प्रहरीको नियन्त्रणमा
शुभ नारायण कामती
सिरहा, ७ कार्तिक । सिरहाको गोलबजार प्रहरीले गोलबजारको एक फर्निचर उधोगबाट अवैध काठ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रही कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायको कमाण्डमा खटिएको गस्ति टोलीले गोलबजार न.पा. १० स्थित सोमबहादुर विश्वकर्मा र सुरेश कुमार साहले संचालन गरेको फर्निचर उधोगबाट ९५ हजार २ सय मूल्य बराबरको बिभिन्न साईजका अवैध काठ, काठ चिर्ने मेशीन, फर्निचर बनाउन प्रयोग हुने औजार तथा काठ ओसार्न प्रयोग गरिने साइकल सहित फर्निचर उधोगका सञ्चालकद्धयलाई नियन्त्रणमा लिएको हो ।
संचालक साहको घर नजिकै झाडीबाट लुकाई राखेको अवस्थामा २६ हजार मूल्य बराबरको ६ थान काठका चौखट पनि बरामद गरिएको निरीक्षक उपाध्यायले बताउनु भयो । बरामद काठ सहित फर्निचर उधोग सञ्चालकद्धय थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
