हल्लाको भरमा संविधान संशोधन नहुने : एमाले महासचिव
लहान, २६ कार्तिक ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले हल्लाको भरमा संविधान संशोधन नहुने बताउनु भएको छ ।
सिरहाको चोहर्वामा शुक्रवार प्रधानमन्त्री पुष्पकमल दहालले एकदुई दिनमै संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएको बेला सोही ठाउँमा एमाले कार्यकर्ताको दुई दिने प्रशिक्षण कार्यक्रम आउनु भएका महासचिव पोखरेल पत्रकार भेटभाटमा यस्तो कुरा बताउनु भएको हो ।
वहाँले संविधान गतिशिल भएकोले संशोधन हुन सक्ने बताउँदै संशोधनको औचित्य पुष्टी गर्नु पर्ने धारणा राख्नु भयो । वहाँले संविधान संशोधनको एजेण्डा बारेमा आफनो पार्टीलाई कुनै जानकारी नरहेको समेत बताउनु भयो ।
