ईरानको खुजेस्तानमा खानेपानीको अभाव भएको भन्दै सर्वसाधारणद्वारा प्रदर्शन

लहान, ६ श्रावण
ईरानको दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानमा खानेपानीको अभावका कारण प्रदर्शन सुरु भएको छ । खानेपानीको अभावका कारण मानिसहरुले सरकार विरुद्धप्रदर्शन गरिरहेका छन् ।
ईरानको सरकारी समाचार संस्थाफार्सका अनुसार दक्षिण–पश्चिमी क्षेत्र बाहेक अन्य सहरहरुमा पनि पानीको अभाव भएको भन्दै प्रदर्शन सुरु भएको छ । प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेका छन् । 
हिंसाका कारण एक जना प्रदर्शनकारीको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । यसअघि पनि ईरानमा यसै महिनाको सुरुमा विद्युत आपूर्ति नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ईरानमा पछिल्लो एक दशकदेखि सुक्खाका कारण पानीको अभाव हुन थालेको बताइएको छ ।