कांग्रेस नेता अमरेश सिंहले दिए सांसद पदबाट राजिनामा

img1

लहान, ७ श्रावण :
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएका छन् ।
क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना कार्यकर्ता र युवाहरुलाई नसमेटेर क्रियाशील सदस्यता वितरण गरेको उनको आरोप छ ।
सिंहले नराम्रा छविका र पार्टीसँग अपरिचित व्यक्तिलाई मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने प्रयास भइरहेको गुनासोसहित राजीनामा दिएका हुन्।
‘प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु आफ्नो मूल कर्तव्य बनेको उनको भनाइ छ।